१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १७:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भ्युटावर पुग्न धुलाम्मे सडक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:२६:oo

पर्यटन प्रवर्द्धन गर्न तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा भ्यू टावर निर्माण गरिएको छ। आफैँ ‘भ्यू टावर’जस्ता यहाँका डाँडाकाँडाबाट सिस्ने, धौलागिरि जस्ता हिमाल देख्न सकिन्छ। जिल्लाका फाँटहरू तथा रुकुम, सल्यान, रोल्पा र बाँकेका केही स्थानसमेत अवलोकन गर्न यहाँका डाँडाहरूमा भ्यू टावर बनाइएको छ। यद्यपि, यहाँसम्म पुग्नका लागि गतिलो सडक भने छैन। यहाँको ऐतिहासिक, धार्मिक  तथा प्राकृतिक सौन्दर्य अवलोकन गर्न जानेहरू धुलाम्मे हुन्छन्।

१५-१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ठाउँ छिल्लीकोट  पर्यटकको आकर्षणको  केन्द्र हो। यहाँ अहिले बेलझुन्डी र संग्राम ब्यारेक गरी दुईवटा सडकबाट पुग्न सकिन्छ। बेलझुन्डीबाट ७ किलोमिटर हिँडेपछि ऐतिहासिक तथा पर्यटकीय क्षेत्र छिल्लीकोट पुगिन्छ। बिजौरीको हाडिमे हुँदै छिल्लीकोट पुग्ने सडक अहिले कालोपत्रै हुँदैछ। त्यो सडक कालोपत्रे भएपछि यात्रा सहज हुने भए पनि तत्काल भने धुलाम्मे बाटोको विकल्प छैन।

सोनापुर सिमेन्ट उद्योगले रिचेगोदेवाट चुनढुंगा ल्याउनका लागि खनेको सडक अहिले छिल्लीकोट पुग्ने गन्तव्य बनेको छ। तर, यो पनि निकै धुलाम्य छ। बिजौरी, बेलझुन्डीबाट हिँडेको मान्छेको स्वरूप छिल्लीकोट पुग्दा अर्कै भइसक्छ। तर पनि धुलाम्य भएरै भए पनि छिल्लीकोट पुग्न चाहन्छन् मानिसहरू।

मोटरसाइकल, स्कुटर मात्रै होइन, तुलसीपुरबाट धुलाम्य हुँदै छिल्लीकोट अवलोकन गर्नेहरूको संख्या पनि कम छैन। कोही बाटोमा सिमेन्ट उद्योगका टिप्पर भेटिए पनि त्यसमै चढेर छिल्लीकोट पुग्छन्। बिजौरी, बेलझुन्डीदेखि छिल्लीकोट जाने बाटोमा दिउँसो प्रायः पर्यटकहरूको घुइँचो लाग्ने गर्छ।

१५–१६ औँ शताब्दीमा जुम्लाबाट आएका चल्ल वंशीय राजा मेघनाथ शाहले राज्य सञ्चालन गर्नुअघि यस ठाउँको नाम धार्मिक शास्त्रअनुसार मल्लागिरि पर्वत हो। पूर्णागिरि भारतमा पर्छ भने चन्द्रागिरि काठमाडौंमा। छिल्लीकोटमा कालिका–मालिका देवी भगवतीको मन्दिर निर्माण भएको छ। यहाँबाट खुमखानी राजाले राज गरेको स्थान पनि देखिन्छ। कुनै समय छिल्लीकोट राजा र खुमखानी राजा आपसमा लडेको र त्यतिवेला छिल्लीकोटे राजाले खुमखानी राजालाई प्रहार गर्ने ऐतिहासिक तोप यहाँबाट हेर्न सकिन्छ। त्यहाँ छिल्लीकोटे राजा बसेको घर र बस्न प्रयोग गरेका ढुंगाका अवशेषहरू छन्।

ad
ad