१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Sunday, 11 May, 2025
२o७८ फाल्गुण २८ शनिबार १२:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फाइजर खोपले बालबालिकामा ओमिक्रोनको जोखिम घटायो : अध्ययन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार १२:५४:oo

कोभिडविरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन संक्रमणको जोखिम उल्लेखनीय रूपमा कम गराएको एक अध्ययनले देखाएको छ। संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो संक्रमणमा उल्लेखनीय रूपमा कमी गराएको पाइएको हो।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)ले गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको बताइएको छ। यो खोप लगाएका पाँचदेखि १५ वर्ष उमेर समूहका बालबालिकामा सो अनुसन्धान गरिएको थियो। उक्त अनुसन्धान गएको सन् २०२१ को जुलाईदेखि यस वर्षको फेब्रुअरी महिनासम्मको गरिएको थियो।

सो अध्ययनबाट फाइजर खोपको दुई मात्रा लगाएका पाँचदेखि १२ वर्षका बालबालिकामा ओमिक्रोनको संक्रमण ३१ प्रतिशतले कम भएको देखिएको थियो। त्यसैगरी, १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा यो जोखिम ५९ प्रतिशत कम भएको देखिएको सिडिसीले जनाएको छ। रासस/सिन्ह्वा