१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका नुवाकाेट
२o८१ जेठ ५ शनिबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिसडोल : फोहोर विसर्जनमा आज पनि अवरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नुवाकाेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:२२:oo

काठमाडौं उपत्यकाको फोहाेर नुवाकोटको सिसडोलमा विसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ ।पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा फोहाेर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरे पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै फोहाेर विर्सजन कार्यमा जारी अवरोध कायमै रहेको सरोकार समितिले जनाएको छ ।

यही फागुन २३ गतेदेखि सुरु भएको स्थानीयवासीको विरोधका कारण आज पनि काठमाडौंबाट फोहाेर आउन नदिएको ‘बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’का संयोजक श्रीराम ढुंगानाले  जानकारी दिए । उनका अनुसार स्थानीयासीले राखेको माग प्रभावित क्षेत्रको गुठीको जग्गा कानुनी प्रक्रियाअनुसार रैकर गर्नुपर्ने, प्रभावित क्षेत्रको उच्च प्रभावित बनेका बस्ती स्थानान्तरण गर्नुपर्ने, फोहाेर विसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहाेर विसर्जन वैज्ञानिक रूपमा गर्नुपर्ने रहेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाले नुवाकोट र धादिङमा पर्ने विभिन्न गाउँ (यसअघिका विभिन्न अध्ययन प्रतिवेदनले मानव बसोवासका लागि जोखिम भनेको स्थान) का बस्ती स्थानान्तरण र उक्त क्षेत्रको करिब तीन हजार रोपनी जग्गा अधिग्रहण हुनुपर्ने माग मुख्य रूपमा उठाएका छन् । उक्त माग सम्बोधनक लागि त्यस क्षेत्रको जग्गा पशुपति, कालमोचन भैरवलगायतका गुठीको नाममा भएकाले कानुनअनुसार रैकर हुनुपर्ने भन्दै सरोकार समितिको नेतृत्वमा गत २३ गतेदेखि उपत्यकाको फोहाेर विसर्जनमा अवरोध गर्न थालिएको हो । 

ad
ad