१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

युक्रेनमा मानवीय सहायतामाथि राजनीति नगरौँ : भारत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १९:५८:oo

भारतले युक्रेनमा बिग्रिँदै गएको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मानवीय सहायताका नाममा राजनीति गर्न नहुने बताएको छ । युक्रेनमा बढिरहेको मानवीय संकटमा सबै पक्षले मिलेर सम्बोधन गर्नुपर्नेमा भारतले जोड दिएको छ । 

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा युक्रेनबारे बोल्दै भारतीय स्थायी प्रतिनिधि टिएस तिरुमूर्तीले युक्रेन र युक्रेनका छिमेकी मुलुकमा पीडित नागरिकका लागि भारतले सहायता पठाएको जानकारी दिएका छन्। ‘मानवीय सहायताको सिद्धान्तका आधारमा हामीले मानवीय सहयोग गरेका छौँ,’ तिरुमूर्तीले भने, ‘मानवीयता, तटस्थता, पक्षपातरहित ढंगबाट हामीले सहयोग गरेका छौँ । युक्रेनमा मानवीय सहायतालाई राजनीतिक विषय बनाइनुहुँदैन ।’

गहिरिँदै गएको मानवीय संकटको अवस्थालाई तत्कालै सम्बोधन गर्नुपर्नेमा भारतीय कूटनीतिज्ञले जोड दिएका छन्। युक्रेनबाट युद्धका कारण १५ लाख नागरिकले छिमेकी मुलुक पोल्यान्ड, हंगेरी, स्लाेभाकिया र रोमानियामा शरण लिएका छन् । ‘यो अवस्थाको तत्कालै अन्त्य हुनुपर्छ र मानवीय सहायता उपलब्ध गराइनुपर्छ,’ भारतले भनेको छ। 

रुस र युक्रेनबीच भएको सहमति र रुसले भारतीय नेतृत्वसँग गरेको प्रतिबद्धताअनुसार युक्रेनभित्र रहेका भारतीय विद्यार्थी र अन्य नागरिकलाई युक्रेनबाट बाहिर निस्किन समयमा सेफ कोरिडो उपलब्ध नभएकोमा पनि भारतले चिन्ता व्यक्त गरेको छ। भारतले रुस युक्रेन युद्धमा तटस्थ नीति अपनाएको छ तर युद्ध अन्त्यका लागि संवादमा बस्न दुवै पक्षलाई आग्रह गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रुसी र युक्रेनी नेतृत्वले कुराकानी गर्दै आएका छन् । युक्रेनबाट १८ हजारभन्दा बढी भारतीय नागरिक भारत पुगिसकेका छन्। 

ad
ad