१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोकाकोलाविरुद्ध तीन अर्ब ७२ करोडबराबरको कर छलीको मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४५:oo

बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (बालाजु)विरुद्ध तीन अर्ब ७२ करोडबराबरको कर छलीको आरोपमा मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँबराबर कर छलीको आरोपमा मुद्दा दायर गरेको हो। 

विभागले आरोपपत्रमा तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँबराबरको बिगो र बिगोको शतप्रतिशत जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको हो। आरोपपत्रमा बालाजु ‌औद्याेगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडको सञ्चालक समितिमा उक्त कम्पनीको सेयरहोल्डर संयुक्त अरब इमिरेट्सको दुबईस्थित कम्पनी कोकाकोला साउथवेष्ट होल्डिङ लिमिटेड साबिकको कोकाकोला साब्को एसियाको तर्फबाट प्रतिनिधित्व गर्ने बोर्डका सदस्यहरू र  कम्पनीको प्रबन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखापरीक्षणको मुख्य जिम्मेवारीमा रहेका पदाधिकारीहरूलाई प्रतिवादी बनाइएको छ।