१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

‘हरियो रङ नितान्त प्राविधिक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:१९:oo

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्वाचन चिह्नको रङ हरियो राख्ने निर्णय ‘नितान्त प्राविधिक’ विषय भएको बताएको छ । निर्वाचन मतपत्रमा चिह्न, विवरण तथा सुरक्षण चिह्नहरू हरियो ‘एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रिन’ मसीले छपाइ गर्ने निर्णयमा एमालेले प्रश्न उठाएपछि आयोगले यसलाई सरोकारवालाको सुझावमा लिइएको प्राविधिक विषय भएको बताएको हो । 

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले हरियो राख्ने निर्णय नितान्त प्राविधिक भएको र कुनै औपचारिक गुनासो नआएको बताए । ‘आयोगको उद्देश्य चुनावचिह्न र स्वस्तिक छापको रङमा भिन्नता गर्ने हो । निर्वाचन अधिकृत तथा अनुगमन अधिकृत र गणनामा खटिएका कर्मचारी तथा विभिन्न सरोकारवालाले दिएको सुझावका आधारमा निर्वाचन चिह्न हरियो राख्ने निर्णय गरिएको हो,’ उनले भने, ‘यो निर्णय नितान्त प्राविधिक विषय हो । कसैलाई अन्यथा लागे आयोग यसबारे प्रस्ट पार्न सदैव तत्पर छ ।’

आयोगले २३ फागुनमै आगामी वैशाख ३० गते एकै चरणमा हुने निर्वाचनका चिह्नहरू हरियो ‘एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रिन’ मसीले छपाइ गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो निर्णय मान्य नहुने भन्दै आयोगले आफ्नो निर्णय सच्याउनुपर्ने बताएका छन् । 

०७४ सालको निर्वाचनमा निर्वाचन चिह्न र स्वस्तिक छाप दुवैको रङ नीलो भएकाले राति मतगणना अप्ठ्यारो भएको पनि उनले सुनाए । आयोगको निर्णयलाई लिएर विभिन्न सञ्चारमाध्यममा टीकाटिप्पणी भए पनि त्यसबारे आयोगलाई औपचारिक जानकारी नआएको उनले बताए । 

ad
ad