१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

युक्रेनबाट ५७९ नेपाली बाहिरिए, नौजना स्वदेश फिर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:o२:oo

युद्धग्रस्त युक्रेनबाट हालसम्म पाँच सय ७९ जना नेपाली बाहिरिएका छन् । युक्रेनबाट पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरी पुगेका नेपालीमध्ये जम्मा नौजना स्वदेश फर्केका छन् भने बाँकी पश्चिम युरोपमै बसेका छन् । जर्मनीमा पुगेका नेपालीमध्ये १५ जना प्रहरीको निगरानीमा छन् । 

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार हालसम्म युक्रेनबाट बाहिरिएकामध्ये चार सय ६६ जना पोल्यान्ड पुगेका छन् । ७८ स्लोभाकिया, २७ रोमानिया र आठजना हंगेरी पुगेका छन् । ‘युक्रेनबाट बाहिरिएका नेपालीमध्ये ६ जना आफ्नै खर्चमा र तीनजना भारतीय उद्धार उडानबाट स्वदेश फर्किनुभएको छ,’ राजदूत खड्काले भने । उनका अनुसार बाँकी नेपालीले स्वदेश फर्किने इच्छा गरेका छैनन् । 

खड्काका अनुसार सोमबार साँझसम्म पोल्यान्डको राजधानी वार्सा र आसपासका शरणार्थी शिविरमा एक सय ३६ नेपाली छन् । तर, उनीहरू स्वदेश फर्किने पर्खाइमा नभएर युरोपका अन्य मुलुक जाने खोजिरहेका छन् । उनीहरूलाई गैरआवासीय नेपाली संघले बस्न खान समन्वय गरिरहेको छ । 

युक्रेनबाट बाहिरिएकामध्ये स्लोभाकियामा 
व्यवसायी जयप्रसाद सिवाकोटीले नेपालीलाई समन्वय र सहयोग गरेका छन् । हंगेरीमा त्यहाँ बस्दै आएका नेपाली सुरेन्द्र श्रेष्ठले समन्वय गरेका छन् । जर्मनीस्थित नेपाली राजदूतावासले युक्रेनमा विनापासपोर्ट रहेका ६८ जना नेपालीलाई ट्राभल डकुमेन्ट बनाइदिएको छ । राजदूत खड्काले युक्रेनबाट उद्धार गर्नुपर्ने नेपालीहरू अब नरहेको बताए । 

ad
ad