मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ फाल्गुण २५ बुधबार ०७:५२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘ए’ डिभिजन लिग च्याम्पियन : मच्छिन्द्र स्तब्ध

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण २५ बुधबार ०७:५२:००

बागमती युथ क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ४–२ गोलअन्तरले हराउँदै बागमतीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित अवधिमा निकै प्रतिस्पर्धात्मक रहेको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीबाट निर्णय लिएको हो । बागमतीलाई अन्तिम चारमा पुर्‍याउन अमर श्रेष्ठ, इमान घलान, विदेशी खेलाडी डेडी  वाङ्बा जुनियर र अनिल रानामगरले गोल गरे ।

 मच्छिन्द्रका कप्तान रञ्जित धिमाल र विमल घर्तीमगर गोल गर्न सफल रहे । उसका उत्कृष्ट खेलाडी विशाल राई र विदेशी खेलाडी नोरेन करिमको पेनाल्टी प्रहार गोल पोस्टभन्दा बाहिर गएपछि मच्छिन्द्रको यात्रा क्वार्टरफाइनलबाटै बिदाइ भएको हो । मच्छिन्द्र लिग च्याम्पियन बन्दा अपराजित रहेको थियो । खेलमा बागमतीका निकोलस फर्नान्डेज म्यान अफ दी म्याच घोषित भए । फाइनलका लागि बागमतीले फ्रेन्ड्स क्लबको सामना गर्नेछ । 

योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  खेलपछि प्रतिक्रिया दिँदै बागमती युवा क्लबका प्रशिक्षक रोहित केसीले लिग च्याम्पियन र ‘ए’ डिभिजन खेलाडीलाई आफ्ना खेलाडीले हराउँदा निकै खुसी लागेको बताए । उनले ठूला क्लबलाई हराउँदा मनोबल बढ्दै गएको बताए । उनले प्रतियोगिताको उपाधि आफ्नै क्लबले जित्ने दाबी पनि गरे ।