१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २४ मंगलबार १७:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रमिक महिलाको सम्मान गरेर नेविसंघ नेतृहरूले मनाए महिला दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार १७:५९:oo

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले श्रमिक महिलाहरूलाई सम्मान गरेर ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ। नेविसंघसम्बद्ध विद्यार्थी नेतृहरूको अगुवाइमा न्युरोड गेट, रत्नपार्क र बागबजारलगाायतका क्षेत्रमा रहेका श्रमिक महिलाहरूलाई सम्मान गरिएको हो। 

नेविसंघ नेतृ तथा कार्यक्रम संयोजक सगुन कँडेलले श्रमिक महिला दिवसमा श्रमिक महिलाहरू समेटिन नसकेकाले आफूहरूले टेम्पोचालक, ठेला व्यापारी, निर्माण क्षेत्रमा काम गर्नेलगायत महिला मजदुरलाई सम्मान गरेको बताइन्। ‘महिला दिवस श्रमिक महिलाको हकहितका निम्ति स्थापना भए तापनि अहिले उनीहरू समेटिन नसकेका कारणले हामीले सम्मान गरेका हौँ,’ कार्यक्रम संयोजक सगुन कँडेलले नयाँ पत्रिकासँग भनिन्।

कार्यक्रममा नेविसंघ नेतृहरू जानवी ठकुरी, रोशनी पोखरेल, रन्जिता अधिकारी, दीपा आचार्यलगायतको सहभागिता रहेको थियो।