१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महिला शिक्षक समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१३:oo

नेपाल महिला शिक्षक समाजले ‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चिता’ भन्ने नारासहित ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ। समाजले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महिला दिवस मनाएको हो।

उक्त कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले नेतृत्व तहमा महिलाको सन्तोषजनक उपस्थिति नरहेको बताइन्। उनले स्थानीय सरकारको नेतृत्वमा समेत महिलाहरूको उपस्थिति कम रहेको बताउँदै १८ जना महिलाले स्थानीय तहको नेतृत्व गरेको जानकारी दिइन्। ‘महिलालाई अझै पनि नेतृत्व तहमा पुग्न नदिने विभिन्न बाधाहरू छन्, त्यसलाई हटाउनुपर्छ,’ उनले भनिन्। 

कार्यक्रममा बोल्दै समाजकी अध्यक्ष जानुका नेपालले महिला अधिकार नारामा मात्रै सीमित रहेको भन्दै राज्यले महिलालाई पुरुषसरह अधिकार दिनुपर्ने धारणा राखिन्। समाजकी उपाध्यक्ष तथा जनकल्याण माध्यमिक विद्यालयकी प्रधानाध्यापक कुमारीकमला राईले महिलाको क्षमता, स्वभाव, दायित्व बोधका आधारमा उनीहरूलाई जिम्मेवारी दिनुपर्ने बताइन्। नेतृत्व गर्न सक्षम महिला चाहिने भएकाले महिलाहरूले पनि सक्षम बन्नेतर्फ ध्यान दिनुपर्ने उनले औँल्याइन्। विद्यालय व्यवस्थापन समिति र कर्मचारीले सहयोग गरेका कारण आफूले विद्यालयमा सहजै नेतृत्व गर्न सकेको अनुभव उनले सुनाइन्।

कार्यक्रममा सामुदायिक विद्यालय सुधार समाजका अध्यक्ष भीम पोखरेल, महिला समाज काभ्रेकी अध्यक्ष सरस्वती कँडेल, भक्तपुर अध्यक्ष, उर्मिला श्रेष्ठ, काठमाडौं अध्यक्ष निता पोखरेललगायत महिला शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले महिला अधिकार नारामा मात्रै सीमित रहेको र यसको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए।