Skip This
‘धार्मिक सर्किट’ बनाएर पर्यटन क्षेत्रको विकास गर्छाैँ : मुख्यमन्त्री पोखरेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
कमल खत्री म्याग्दी
Invalid date format १९:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘धार्मिक सर्किट’ बनाएर पर्यटन क्षेत्रको विकास गर्छाैँ : मुख्यमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १९:o२:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘धार्मिक सर्किट’ बनाएर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन् । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबारदेखि सुरु भएको ‘रत्नेचौर धार्मिक महोत्सव’ उद्घाटन गर्दै पोखरेलले प्रदेशभित्र रहेका धार्मिक क्षेत्रहरूमा पर्यटक भित्र्याउनका लागि आन्तरिक र अन्तरप्रदेशलाई समेटेर ‘धार्मिक सर्किट’को अवधारणा अघि सारिएको बताए । 

मधेस प्रदेशको भ्रमण सकेर सोमबार नै फर्किएका पोखरेलले प्रदेशभित्र साना–साना सर्किट र अन्तरप्रदेशमा समेत बृहत् धार्मिक सर्किटको अवधारणाअनुसार धार्मिक पर्यटकलाई भ्रमण गराउने गरी योजना अघि बढाइने बताए । उनले मुक्तिनाथ–विन्धबासिनी–जनकपुर–लुम्बिनीलाई जोडेर धार्मिक पर्यटन विकासका लागि पहल थालिएको समेत बताए । 

गण्डकीका हरेक जिल्लमा पर्यटनको सम्भावना रहेको भन्दै उनले भने, ‘म्याग्दी हुँदै बग्ने कालीगण्डकी सभ्यताको प्रतीक हो, यो आस्था, संस्कृतिकाे धरोहर पनि हो, यसले शालीग्राम पाइने एक मात्रै नदीको रूपमा विश्वसामु नेपाललाई चिनाएको छ, कालीगण्डकी नदीको संरक्षण र विकासका लागि कार्यदल नै गठन गरेर प्रतिवेदन तयारीको क्रममा छ ।’

उनले गण्डकी प्रदेश धर्म, जात, भाषा, संस्कृति, भूगोल र रहनसहनमा विविधताले भरिपूर्ण रहेको चर्चासमेत गरेका थिए ।