१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

घट्दै कोरोना संक्रमण दर, २४ घण्टामा ६८ जनामा संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:१३:oo

पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो संख्या विगत केही महिनायताकै कम हो। चार हजार ९२९ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट तीन हजार १३५ र एन्टिजेन विधिबाट एक हजार ७९४ जनामा परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः ५४ र १४ संक्रमित थपिएका हुन्।

यस अवधिमा ५३८ जना संक्रमणमुक्त भएका छन् भने दुई संक्रमितको मृत्यु भएको छ। आज आइतबार देशभर ८८ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अब नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४६१ रहेको छ।

ad
ad