१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दमौलीकाे आगलागी नियन्त्रणका लागि श्रममन्त्री हेलिकाेप्टर लिएर प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२o:oo

तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ काठमाडौंबाट पानीसहितको हेलिकाेप्टर लिएर दमौली प्रस्थान गरेका छन्। दमौली बजारको भोर्लेटार चोकमा भएकाे आगलागी अनियन्त्रित भएपछि मन्त्री श्रेष्ठ पानीसहितको हेलिकाेप्टर लिएर दमौली गएका हुन्।

भूपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको हो। आगो निभाउन मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकाेप्टरमा पानी लिएर दमौली गएका उनको सचिवालयले जनाएको छ।