१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ढुंगेधाराको तरकारी बजारमा आगलागी, ७० स्टल जल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:५o:oo

काठमाडौंको वनस्थलीस्थित ढुंगेधारामा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ। बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।

उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भए । काठमाडौं महानगरपालिका– १६ वनस्थलीनजिकै रहेको ढुंगेधारास्थित तकदिर शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफूल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ।

क्षतिको विवरण आउन बाँकी रहेको र घटनाको विषयमा अनुसन्धान जारी रहेको वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। उपत्यकाका पाँचवटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। विद्युत् सर्ट भएर आगो लागेको अनुमान प्रहरीको छ। रासस

ad
ad