१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १३:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तहको चुनाव तलमाथि हुँदैन : महामन्त्री थापा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:५o:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको चुनाव तोकिएकै समयमा हुने बताएका छन्। निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले आमचुनाव कहिले हुन्छ भन्न सक्ने अवस्था नभए पनि स्थानीय तहको चुनाव तोकिएकै समयमा गर्ने बताएका हुन्।

‘यो संविधान, ऐन, नियम, कानुनले हामीलाई एक दिन पनि निर्वाचन तलमाथि गर्ने छुट दिएको छैन। वैशाख ३० गते कांग्रेसले निर्वाचन गराउँछ। र, त्यसपछि हामी आमचुनाव गराउँछौँ,’ थापाले भने। संसद् सुचारु नभए समयअगावै आमनिर्वाचन हुन सक्नेतर्फ समेत उनले संकेत गरेका छन्।

‘आमचुनाव मंसिरमा हुन्छ वा त्योभन्दा अघि हुन्छ मलाई थाहा छैन। संसद् यसैगरी चल्दै गयो, यसैगरी चल्न नदिने अवस्था रह्यो, संसद्लाई लगातार उपहास गर्ने काम नेकपा एमालेले गरिरह्यो, कुनै पनि तरिकाले सकिएन भने त्यो वेलामा संसद् किन चलाइराख्ने भन्ने प्रश्न उठ्न सक्छ। त्यो वेलामा चुनाव अगाडि हुन पनि सक्छ, तर, स्थानीय चुनाव तलमाथि हुँदैन,’ थापाले भने।
 

ad
ad