मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ फाल्गुण २१ शनिबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका न्यूयोर्क
२o७८ फाल्गुण २१ शनिबार १२:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघद्वारा रुस–युक्रेन वार्ताको स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
२o७८ फाल्गुण २१ शनिबार १२:o४:oo

संयुक्त राष्ट्रसंघले रुस–युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौता ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ। 'हामी युक्रेनी र रुसी वार्ताकारहरूबीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट गरिएको सम्झौताको स्वागत गर्दछौँ,' राजनीतिक मामिलाका उपमहासचिव रोजमेरी डिकार्लोले शुक्रबार एक विज्ञप्तिमार्फत भनेकी छिन्।

दुई पक्षले मानवीय करिडोरको स्थापनामा नागरिकहरूका लागि सुरक्षित मार्ग र मानवीय सहायताको वितरणमा ध्यान केन्द्रित गरेको राष्ट्रसंघले बुझेको उनले बताइन्। 'हामी आशा गर्छौं कि यो रिपोर्ट गरिएको सम्झौता ढिलाइ नगरी लागू हुनेछ र पूर्ण र विनासर्त युद्धविराममा छिट्टै सहमति हुनेछ,' डिकार्लोले उल्लेख गरेकी छिन्।

संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई वार्ता जारी राख्न र सुरक्षा, मानवीय र अन्य मुद्दाहरूमा तत्काल प्रगति गर्न आग्रह गरेको छ। रुस र युक्रेनले बिहीबार बेलारुसमा दोस्रो चरणको वार्तामा सर्वसाधारणलाई बाहिर निकाल्न मानवीय करिडोर व्यवस्थित गर्न सहमत भएका थिए। 'मानवीय करिडोरको संगठनका लागि मात्र समाधान छ,' युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखका सल्लाहकार मिखाइलो पोडोलियाकले ट्विटरमा भनेका छन्।

रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका रुसी राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले दुवै पक्षले सैन्य मामिला, मानवीय मुद्दा र भावी राजनीतिक समाधानबारे छलफल भएको बताएका छन्। रासस/एएनआई