१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूद्वारा शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५o:oo

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले शपथग्रहण गरेका छन्। संसद् सचिवालय सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरूलाई शपथग्रहण गराएका हुन्।

शपथग्रहण गराउँदै अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरूलाई संसद्को लोगोसमेत लगाइदिएका छन्। राष्ट्रिय सभाका १९ सदस्यका लागि गत माघ १२ गते निर्वाचन भएको थियो। उनीहरुको कार्यकाल छ वर्षको हुनेछ। 

शपथग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रिय सभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सहभागी थिए।