१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कमल थापाले तोके दुई प्रदेशका अध्यक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:१५:oo

राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ। पार्टी अध्यक्ष कमल थापाले विधानबमोजिम मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्रबहादुर अधिकारी (तनहुँ)लाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ। 

संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको राप्रपा नेपालले बाँकी प्रदेश र जिल्लाहरूमा चाँडै कार्यसमिति चयन गर्ने बताइएको छ। सो पार्टीले भ्रातृ संगठनहरूमा विद्यार्थी संगठन, पूर्वप्रहरी परिषद् गठन गरिसकेको छ भने युवक संगठनको फागुन २१ गते, महिला संगठनको २४ गते र युवा मोर्चाको २८ गते घोषणा सभामार्फत केन्द्रीय कार्यसमिति सार्वजनिक गर्ने राप्रपाले जनाएको छ।
 

ad
ad