१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्सा कांग्रेसको सभापतिमा संस्थापन पक्षका क्षेत्री निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:५७:oo

नेपाली कांग्रेस पर्साको सभापतिमा संस्थापन पक्षका जनार्दनसिंह क्षेत्री निर्वाचित भएका छन्। सभापतिमा निर्वाचित क्षेत्रीले संस्थापनइतर पक्षका उम्मेदवार श्याम पटेललाई चार सय ६५ मत अन्तरले पराजित गरेका हुन्। 

बिहीबार भएको निर्वाचनको मतपरिणामअनुसार निर्वाचित क्षेत्रीले एक हजार एक सय १० मत ल्याउँदा उनका प्रतिस्पर्धी पटेलले ६ सय ४५ मत मात्रै प्राप्त गरे। संस्थापन पक्षका सभापतिसहित सात पदाधिकारीमा क्षेत्री प्यानलकै उम्मेदवार विजयी भएका छन्।

उपसभापतिमा क्षेत्री प्यानलकै अशोककुमार गुप्ता र रामनारायणप्रसाद कुर्मी निर्वाचित भएका छन्। गुप्ताले एक हजार एक सय दुई र कुर्मीले एक हजार दुई सय ३५ मत पाएका निर्वाचन समितिले जनाएको छ। पटेलको प्यानलबाट उपसभापतिका उम्मेदवार डा. कृपासिन्धु चौधरीले पाँच सय ८५ र राजुकुमार गुप्ताले चार सय ८२ मत पाएका छन्।

सचिवमा क्षेत्री प्यानलकै इम्तियाज आलम र दिनेशकुमार चौधरी विजयी भएका छन्। आलमले एक हजार एक सय सात  र चौधरीले एक हजार एक सय ५९ मत प्राप्त गरेका छन्। सचिवमा पराजित पटेल प्यानलका विश्वराज घिमिरेले चार सय ६५ तथा वीरेन्द्र यादवले पाँच सय ९७ मत पाएका छन्।

सहसचिवमा क्षेत्री प्यानलकै नवीनकुमार सिंह एक हजार दुई सय ५३ र मदन राउत अहिर एक हजार एक सय ११ मत ल्याएर विजयी हुँदा पराजित लुकमान अन्सारीले चार सय ५१ र दिलीपराज कार्कीले पाँच सय ८२ मत पाए।

शुक्रबार बिहानसम्म पदाधिकारीको मात्रै मतगणनाको नतिजा आएको छ। सदस्य पदको मतगणना आज दिउँसोदेखि नै सुरु हुने प्रमुख निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए। बिहीबार भएको निर्वाचनमा कुल एक हजार आठ सय २० मतमध्ये एक हजार सात सय ७८ मत खसेको थियो।

ad
ad