१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १९ बिहीबार
  • Friday, 09 May, 2025
एजेन्सी इस्लामाबाद
२o७८ फाल्गुण १९ बिहीबार २१:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा महिलाविरुद्ध अपराध बढ्दो

Read Time : < 1 मिनेट
एजेन्सी इस्लामाबाद
नयाँ पत्रिका इस्लामाबाद
२o७८ फाल्गुण १९ बिहीबार २१:o४:oo

पाकिस्तानमा महिलाविरुद्ध अपराध बढ्दै गरेको भन्दै ह्युमन राइट्स वाचले चिन्ता व्यक्त गरेको छ । पुरुषहरूको बढ्दो कट्टरपन्थी साेचका कारण पाकिस्तानमा महिलाविरुद्ध अपराध रोक्ने संस्थागत संयन्त्रहरू असक्षम र कमजोर भएको वाचले प्रतिवेदनमा जनाएको छ । 

‘पाकिस्तानमा महिलाहरूलाई पर्दाभित्र राख्नुपर्ने वस्तुका रूपमा हेर्ने कट्टरपन्थी साेचका कारण महिलाहरू सधैँ निगरानीमा छन् । कट्टरपन्थीहरूले विस्तारै पाकिस्तानी समाजलाई कब्जा गरिरहेका छन्,’ प्रतिवेदनमा ह्युमन राइट्स वाचले भनेको छ ।

तीन साताअघि फेब्रुअरी १४ मा लाहोर उच्च अदालतले मोडल कन्दिल बलोचको हत्या प्रकरणका मुख्य अभियुक्तलाई सफाइ दिएको थियो । मुद्दाका पक्षहरूबीच सहमति भएको भन्दै अभियुक्त जेलमुक्त भए । साक्षीहरूको बयान फेर्न लगाइएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । मोडल बलोचलाई उनका भाइ मुहम्मद बसिमले २०१६ जुलाई १५ मा मुजफ्फराबादमा हत्या गरेका थिए । बसिमले सफाइ पाएको भन्दै पाकिस्तानमा अधिकारकर्मीहरूले विरोध गर्दै आएका छन् ।

पाकिस्तानको पञ्जाब प्रान्तीय प्रहरी प्रतिवेदनअनुसार पञ्जाबबाट पाँच वर्षमा ३ हजार ५७१ जना बेपत्ता भएका छन् । 

यसैबीच, जर्जटाउन युनिभर्सिटीले जारी गरेको ग्लोबल वुमन, पिस एन्ड सेक्युरिटी इन्डेक्समा १७० देशहरूमध्ये १६७ औँ स्थानमा रहेको पाकिस्तानमा बालबालिकासहित महिलाविरुद्ध व्यापक अधिकार हननका आरोपहरू अभिलेखीकरण गरेको छ।

‘बलात्कार, हत्या, एसिड आक्रमण, घरेलु हिंसा र जबर्जस्ती विवाहलगायत महिला र बालिकाहरूविरुद्धको हिंसा पाकिस्तानभरि महामारीको रूपमा फैलिएको छ’ प्रतिवेदनमा भनिएको छ, ‘मानवअधिकार रक्षकहरूले प्रतिवर्ष एक हजारजना महिलाको मृत्यु हुने गरेको बताएका छन् । यो अत्यन्तै दुःखद् र खेदपूर्ण छ ।’