१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार १३:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसद् भवनअगाडि नक्कली प्रेसरकुकर बम राख्ने एकजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:४७:oo

फागुन १६ गते नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु राख्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको भुम्लु गाउँपालिका– २ घर भएका सुवास महतलाई पक्राउ गरेको हो। 

सोमबार बिहान मोटरसाइकलमा आएर महत र अर्का एक व्यक्तिले सडकमा नक्कली प्रेसरकुकर बम राखेर भागेका थिए। उक्त प्रेसरकुकरको बाहिर नो एमसिसी लेखिएको थियो। अचानक सडकमा प्रेसरकुकर राखेपछि प्रहरीले नेपाली सेनाको टोली बोलाएर चेकजाँच गर्दा उक्त कुकरमा नक्कली बम राखिएको खुलेको थियो । 

प्रहरीले सिसिटिभी फुटेजका आधारमा महतलाई पक्राउ गरेको हो। पक्राउ परेका महत नेत्रविक्रम चन्द  विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठनका नेता रहेको प्रहरीले जनाएको छ।

ad
ad