१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुराका दुर्गम गाउँमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

बाजुराको उत्तर पूर्वी भेगमा पर्ने  हिमाली गाउँपालिकामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। गाउँपालिकाको वडा नं. १ को बामु, वडा नं. ५ को क्युडी र वडा नं. ६ को पाँडीमा आधारभूत स्वास्थ केन्द्र सञ्चालनमा ल्याइएको हो।

दुर्गम गाउँका स्थानीयले स्वास्थ्य सेवा गाउँमै पाउनुपर्छ भन्ने उद्देश्यका साथ गाउँमै स्वास्थ्य केन्द्र स्थापना गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए। यस गाउँपालिकाका स्थानीयहरू सामान्य सिटामोलका लागि पनि दुई–चार दिनको पैदल बाटो हिँडेर विच्छायको कवाडी आउनुपर्ने अवस्था थियो। गाउँमै स्वास्थ्य सेवा स्थापना गर्दा सामान्य बिरामीले गाउँमै उपचार पाउने भएपछि स्थानीय दानसिंह रोकायाले खुसी व्यक्त गरे।

यससँगै गाउँपालिकाका सबै वडामा आधारभूत स्वास्थ केन्द्र स्थापना भएको छ। वडाभित्र रहेका टोलमा पनि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको गाउँपालिकाले जनाएको छ। स्वास्थ इकाइ केन्द्रमा एक–एक स्वास्थ्य कर्मचारीसहित औषधिको समेत पूरा व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष गोविन्द मल्लले बताए । वडा नं ३ मा पर्ने गुम्बा बस्तीलाई निरन्तर घुम्ती सेवा दिने व्यवस्था मिलाइएको उनले बताए। त्यहाँ आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्था स्थापना गर्ने पनि उनले प्रस्ट पारे।