१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाै‌
Invalid date format १८:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

व्याख्यात्मक घोषणा अमेरिकाले नमाने एमसिसी अघि बढ्दैन : कांग्रेस महामन्त्री थापा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
नयाँ पत्रिका
Invalid date format १८:११:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तागठबन्धनले एमसिसीबारे बनाएको ‘व्याख्यात्मक घोषणा' अमेरिकाले नमाने एमसिसी अघि नबढ्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

प्रचलित अन्तर्राष्ट्रिय कानुनले र नेपालको सन्धि ऐनले दिएको अधिकार प्रयोग गरेर व्याख्यात्मक घोषणा गर्न लागिएको उनले बताए । उनले भने, ‘प्रचलित अन्तर्राष्ट्रिय कानुनले र नेपालको सन्धि ऐनले पनि एउटा अधिकार दिएको छ कि हामीले गरेको सन्धिमा हामीले आफ्नो बुझाइलाई, हाम्रो आफ्नो व्याख्यालाई, सन्धि पारित गर्दै गर्दा घोषणा गर्न सकिन्छ ।’

व्याख्यात्मक घोषणामा दफावार छलफल गरेपछि संयुक्त राज्य अमेरिकाले त्यसलाई स्विकार्ने उनको दाबी छ । थापाले अगाडि भने, ‘त्यो संयुक्त राज्य अमेरिकाले मान्छ । मान्नुपर्छ । नमानेदेखि सन्धि अगाडि बढ्दैन । किन ? हामीले यहाँबाट पारित गरिसके पछि हाम्रो सन्धि सँगसँगै हाम्रो संसद्ले पारित गरेको व्याख्यात्मक घोषणा पनि सँगसँगै जान्छ ।’ 

एमसिसीबारे सार्वजनिक रूपमा बहस भएको विषयमा नागरिकस्तरबाट केही प्रश्नहरू उठेको बताउँदै त्यसको समाधान गर्नुपर्ने थापाले बताए ।