मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण १५ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १५ आइतबार १३:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुसी आक्रमणबारे गौतम भन्छन्– सबै फौजी अखडाहरू आफ्नै राष्ट्रिय सीमाभित्र लैजानुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १५ आइतबार १३:३२:oo

राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले युक्रेनमाथि रुसले गरेको आक्रमणको विराेध गरेका छन्। एक विज्ञप्ति जारी गर्दै गौतमले स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न युक्रेनविरुद्ध रुसले अन्यायपूर्ण  युद्ध सुरु गरेको टिप्पणी गरेका छन्।

उक्त आक्रमण दोस्रो विश्वयुद्धपछि विकसित विश्व प्रवृत्ति र शान्तिपूर्ण रूपमा विकास गर्न चाहाने साना राष्ट्रहरूको चाहनाविरुद्ध रहेको गौतमले बताएका छन्। ‘यो युद्ध दोस्रो विश्युद्धको अन्त्यबाट विकसित भएको विश्व प्रवृत्तिका विरुद्धमा छ। शान्तिपूर्ण बाटोबाट आफ्नो विकास गर्न चाहने नेपालजस्ता सयभन्दा धेरै राष्ट्रका चाहनाविरुद्ध छ। यो अवस्थालाई हृदयंगम गर्दै रुसले तुरुन्त युद्ध बन्द गरेर आफ्ना सैनिक फर्काउनुपर्छ। दुई राष्ट्रका बीचको समस्या समाधान गर्न शान्तिवार्तामा बस्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ।

गौतमले नेटो र हिन्द प्रशान्त सैनिक संगठन भंग गरी आफ्नो राष्ट्रको सीमाभन्दा बाहिर राखिएका फौजी अखडाहरू आफ्नो राष्ट्रिय सीमाभित्र लैजानुपर्ने प्रस्ट पारेका छन्।