१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ फाल्गुण १५ आइतबार १०:२३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काभ्रेको चौरीदेउरालीमा अक्सिजन प्लान्ट जडान

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण १५ आइतबार १०:२३:००

काभ्रेको विकट चौरीदेउराली गाउँपालिकामा अक्सिजन प्लान्ट जडान भएको छ । काम सुरु गरेको पाँच महिनामै जडान सम्पन्न भएको छ । कोभिड–१९ महामारीका कारण अक्सिजन अभाव झेलेसँगै चौरीदेउराली गाउँपालिका–५ स्थित चौरीदेउराली अस्पतालमा प्लान्ट निर्माण गरिएको हो । गाउँपालिका र जनस्तरबाट सहयोग संकलन गरी प्लान्ट निर्माण सम्पन्न भएको वडाध्यक्ष राजकुमार गौतमले जानकारी दिए । 

प्लान्ट निर्माणका लागि गाउँपालिकाबाट १० लाख र जनस्तरबाट ६४ लाख आर्थिक सहयोग संकलन भएको गौतमले बताए । ‘कोरोना महामारीसँगै अक्सिजन अभाव भएपछि हामीले चौरीदेउराली अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना बनाएका हौँ,’ गौतमले भने, ‘प्लान्ट निर्माणका लागि गाउँपालिकाबाट १० लाख विनियोजन भयो र जनस्तरमा सहयोगको आह्वान गरेपछि स्वतस्फूर्त रूपमा सहयोग प्राप्त गरी अक्सिजन प्लान्ट निर्माण गर्‍यौँ ।’

जनप्रतिनिधि, कर्मचारी र शिक्षकले एक महिनाको तलब प्लान्ट निर्माणमा सहयोग गरेको गौतमले जानकारी दिए । केही रकम अपुग भएकाले अपुग रकम व्यवस्थापनका लागि स्रोत खोजिरहेको उनले बताए । अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको तर उद्घाटन भने हुन बाँकी रहेको गौतमले बताए । एक करोड चार लाखमा १० एनएमपी क्षमताको प्लान्ट निर्माण सम्पन्न भएको उनले बताए । उक्त प्लान्टबाट दिनमा लगभग ३० वटा ठूलो सिलिन्डर ग्यास उत्पादन हुनेछ । 

उक्त प्लान्टबाट उत्पादित ग्यास अस्पतालले मात्र खपत गरी नसक्ने भएकाले कहाँ कसरी वितरण गर्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । अक्सिजन प्लान्टमा दुईवटा पोर्ट रहेको छ । एउटा पोर्टबाट सीधै अस्पतालको बेड–बेडमा सप्लाई हुने र अर्काे पोर्टबाट सिलिन्डर भर्न मिल्ने गौतमले जानकारी दिए ।