१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एलआइसी नेपालको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२१:oo

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) लिमिटेडले आव २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित भएको छ । कम्पनीको १९औँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र एक दशमलव शून्य पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

एलआइसी नेपालले आव २०७६/७७ मा कुल एक लाख ५० हजार ६ सय नयाँ बिमालेखहरू बिक्री गरी प्रथम बिमाशुल्क आम्दानीबापत ३७ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको र उक्त आवको अन्त्यमा सात लाख ६४ हजार चार सय बिमालेखहरूमा सेवा प्रदान गरिरहेको सभालाई जानकारी दिएको थियो । त्यसैगरी, २०७७ आषाढ मसान्तसम्ममा कम्पनीको जीवन बिमा कोष २४ दशमलव १७ प्रतिशतले बढेर अहिलेसम्मकै उच्च ६६ अर्ब ८४ करोड ९७ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कुल लगानी २० दशमलव २६ प्रतिशतले वृद्धि भएको जनाइएको छ । कम्पनीको गत आर्थिक वर्षमा लगानीबाट हुने आम्दानी १६ दशमलव ११ प्रतिशतले बढेको थियो । 

साधारणसभाले कम्पनीको केही संस्थापक सेयरधनीहरूको आफ्नो स्वामित्वमा भएको कुल १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिवर्तन गरी कम्पनीको संस्थापक सेयर र सर्वसाधारणको अनुपात ७०: ३० कायम गर्ने प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको छ । कम्पनीका अध्यक्ष एमआर कुमारले आव २०७७/७८ को २०औँ  वार्षिक साधारणसभा पनि यथाशक्य चाँडो सम्पन्न गरिने जानकारी दिए । चालू आव २०७८/७९ को दोस्रो त्रैमासभित्र कम्पनीले राम्रो प्रगति गरेकाले आफ्ना बिमितलाई सदैव उच्चतम प्रतिफल दिइरहने प्रतिबद्धता व्यक्त गरेका थिए । 

ad
ad