१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणी आरोपमा उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:४३:oo

कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दर्ता भएको छ। शाहले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै एक गायिकाले किटानी जाहेरी दिएकी हुन्। शाहविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको जाहेरी दिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए। ‘शाहविरुद्ध आज मुद्दा दर्ता भएको छ,’ खड्काले भने, ‘अनुसन्धानसहित कानुनी प्रक्रिया अगाडि बढिसकेको छ।’

आफू नाबालिग रहेको अवस्थामा शाहले शाहले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। मुलुकी अपराध संहिताअनुसार मन्जुरीमा अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा पनि जबर्जस्ती करणी गरेको ठहर्ने व्यवस्था छ।


 

ad
ad