Skip This
बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बरले सहयोग गर्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १० मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १० मंगलबार o७:३२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बरले सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १० मंगलबार o७:३२:oo

नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोग गरेर कृषि उत्पादन बढाउने अभियान सुरु गर्ने भएको छ । सरकारले बजेट भाषणमार्फत बाँझो जमिन उपयोग नीति अघि सारे पनि व्यावहारिक कार्यान्वयन हुन नसकेको भन्दै चेम्बरले खाली जमिनको उपयोग गरेर कृृषि उत्पादन वृद्धि गर्ने अभियान सुरु गर्न लागेको हो । 

यो अभियानका लागि चेम्बरका ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गर्न लागेको अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘कृषिप्रधान मुलुकमा जमिन बाँझो राखेर अहिले पनि वार्षिक दुई खर्बभन्दा बढीको आयात गरिरहेका छौँ, युवाहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न चेम्बरले आवश्यक सबै समन्वय गर्नेछ ।’

नेपालको कृषि क्षेत्रमा इजरायली अवधारणा अवलम्बन गर्ने नीतिगत व्यवस्थाका लागि सरकारसँग पहल गर्ने पनि चेम्बरले निर्णय गरेको छ । नेपालका लागि इजरायलका राजदूत खनार गोदारसँग चेम्बरले इजरायलको कृषि उत्पादनको मोडलबारे जानकारीसमेत लिएको छ । इजरायलमा कृषिमा लाग्ने नागरिकलाई सरकारले सय वर्षका लागि जमिन उपलब्ध गराउनुका साथै लगानी र अन्य प्राविधिक सहयोगसमेत गरिदिने भएकाले उत्पादनमा अग्रणी बन्न सफल भएको राजदूत गोदारले बताए । 

इजरायलमा १.७ प्रतिशत नागरिक मात्रै कृषिमा संलग्न भए पनि उच्चतम प्रविधिमार्फत खाद्यान्नमा आत्मर्निभर बन्दै निर्यात गर्ने देशको हैसियतमा पुगेको राजदूत गोदारको भनाइ थियो । उनले भने, ‘इजरायलमा कृषि पेसा सोखले गरिएको छैन, कृषकले यसलाई व्यवसाय बनाएका छन्, जीवनको महत्वपूर्ण हिस्सा बनाएका छन् ।’ चेम्बरले सातै प्रदेशमा कृषि अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने भएको छ । इजरायल चेम्बर अफ कमर्ससँग सहकार्यमार्फत सातै प्रदेशमा अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।