१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार २२:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय निर्वाचन : लोकप्रिय उम्मेदवारहरूको रोस्टर तयार गर्न माओवादी केन्द्रको परिपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २२:१७:oo

नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा लोकप्रिय उम्मेदवारहरूको रोस्टर तयार गर्न परिपत्र जारी गरेको छ । अहिलेको मतदाता नामावलीको आधारमा पार्टीहरूको मत संख्या, तटस्थ मत, परिवर्तन हुन सक्ने मतको आकलन तथा विश्लेषणसहित पार्टीले विजय हासिल गर्न अवलम्बन गर्नुपर्ने रणनीतिहरू तयार गर्न माओवादीले परिपत्रमा भनेको छ । 

केन्द्रीय समितिको बैठकबाट विस्तृत योजना र कार्यक्रम नबन्दासम्मका लागि संगठनात्मक काम र स्थानीय तहको निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन परिपत्र जारी गरेको माओवादीले जनाएको छ । 

नगर/गाउँ पालिकामा पार्टी केन्द्रीय सदस्य वा वरिष्ठ सदस्यको नेतृत्वमा निर्वाचन मूल परिचालन समिति बनाउन पनि परिपत्रमा भनिएको छ । निर्वाचनको तयारीलाई व्यवस्थित गर्न तत्काल वडास्तरमा संगठित सदस्यहरू, जनवर्गीय संगठन मोर्चा र पेसागत संगठनका नेताहरू, पार्टी समर्थक बुद्धिजीवी र विषयविज्ञहरू सम्मिलित निर्वाचन परिचालन समिति बनाउन पनि भनिएको छ । यस्तै, मूल परिचालन समितिअन्तर्गत, अध्ययन सर्भेक्षण तथा विश्लेषण, स्वयंसेवक परिचालन, सूचना सञ्चार तथा प्रचार व्यवस्थापनलगायतका उपसमितिहरू बनाउन माओवादी केन्द्रले भनेको छ । 

परिपत्रमा जिल्ला समन्वय समिति, नगर/गाउँ, वडालगायत सबै तहका पार्टी समितिहरू र विधानले व्यवस्था गरेबमोजिम सबै तहका जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, परिषद् र विभागहरूलाई पूर्णता दिन भनिएको छ । यस्तै एक वडा न्यूनतम तीन टोल, एक टोल न्यूनतम तीन सेल हुनुपर्ने पार्टीको निर्णयलाई लागू गर्दै सबै संगठित सदस्यहरूलाई पार्टी समिति, विभाग र निकायहरूमा संगठित गर्ने, एक संगठित सदस्यबराबर न्यूनतम दुई पार्टी सदस्य हुने गरी पार्टी सदस्यता वितरणलाई व्यापक बनाउने, आवश्यकताअनुसार नयाँ संगठित सदस्यतासमेत वितरण गर्ने उल्लेख छ । 

सबै जनवर्गीय संगठन, मोर्चा, पेसागत संगठनहरूले समेत संगठनात्मक र अन्य राजनीतिक गतिविधिहरूलाई नगर÷गाउँ, वडा र टोलहरूमा केन्द्रित गर्ने र सोहीअनुसार कार्यविभाजन गर्ने परिपत्रमा भनिएको छ । सम्भव भएसम्म केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागितामा प्रदेशको बैठक तत्काल बस्ने, जिल्ला समन्वय समितिको बैठक फागुन १२ गतेसम्म बसी जिल्लामा कार्यरत सबै केन्द्रीय सदस्य, प्रदेश सदस्य, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्च, निकाय, विभाग र जिल्ला समन्वय समितिका सदस्यहरूको कार्य विभाजन गर्ने, जिल्ला समन्वय समितिको बैठकको संयोजन अर्को निर्णय नहुँदासम्म जिल्ला इन्चार्जले गर्ने गरी माओवादीले परिपत्र जारी गरेको छ । 

यस्तै, नगर/गाउँ पालिका समितिको बैठक फागुन १५ गतेसम्म बसी कार्ययोजना निर्माण गर्ने, फागुन २० गतेसम्म वडा समितिहरूको बैठक बसी जनभेला तथा जनभेटघाट, संगठन सुदृढीकरण र विस्तार, समाजवादउन्मुख समृद्धिको रूपरेखासम्बन्धी छलफल र निर्वाचनकेन्द्रित तयारीको योजना बनाई कार्यान्वयनमा लैजान भनिएको छ ।

सबै जनवर्गीय संगठन, मोर्चा र पेसागत संगठनहरूले सम्बन्धित तहका पार्टीहरूसँग समन्वय गर्दै नगर,गाउँ र वडाका बैठकहरू बसी कार्यक्रमहरू बनाउने, सहकारी, सामुदायिक संघ संगठनलगायत अन्य सामाजिक संघ संस्थाहरूको विस्तार र परिचालनमा विशेष ध्यान दिन माओवादी केन्द्रले भनेको छ । सबै वडा र टोलहरूमा पार्टी कार्यालय वा सम्पर्क कार्यालय खोल्न पनि परिपत्रमा भनिएको छ ।
 

ad
ad