१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रिन्स र अनुमायालाई उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:४९:oo

 प्रिन्स दाहाल र अनुमाया राई ११औँ पुष्पलाल स्मृति वरीयता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । प्रिन्स पुरुष तथा अनुमाया महिला एकलतर्फ विजेता बनेका हुन् । अनुमायाले १२ वरीयताबीच भएको प्रतिस्पर्धामा नेपाली सेनाकी राष्ट्रिय च्याम्पियन रसिला महर्जन रिटायर्ड हर्ट हुँदा उपाधि उचालेकी हुन् । पहिलो सेटमा २१–१९ ले पछाडि परेकी रसिला दोस्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट बोक्न पुगिन् । च्याम्पियन अनुमायाले ५० हजार र उपविजेता रसिलाले २८ हजार रुपैयाँ हात पारेका छन् । 

लिनिङको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष एकल (उच्च १६औँ वरीयता प्राप्त)मा विश्व वरीयतामा जुनियरतर्फ नम्बर एक स्थानमा रहेका प्रिन्सले सेनाका नवीन श्रेष्ठलाई २१–१०, १८–२१ र २१–१८ ले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भए । प्रिन्सले ५० हजार र उपविजेता नवीनले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी, महिला युगलतर्फ सेनाका रसिला र अमिता गिरीको जोडीले भोजपुरकी नंगशलदेवी तामाङ र सेनाकी अनुमाया राईलाई २१–१४ र २८–२६ ले पराजित गर्दै उपाधि हात पारे । पुरुष युगलतर्फ एपिएफका दिपेश धामी र विजित थापा मगरको जोडीले उपाधि जित्यो । धामीको जोडीले नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१ र २१–१६ ले पराजित गर्दै उपाधि चुमेको हो । विजेता टोलीले २० हजार र उपविजेता खेलाडीले १० हजार रुपैयाँ पाएका छन् । 

पुरुषको उच्च १६ वरीयतापछिको प्रतिस्पर्धामा कास्कीका विधान अधिकारीले सेनाका पविन लिनथेपमाथि २१–१२ र २१–११ को जित निकाली उपाधि जिते । यसै इभेन्ट्सको महिलातर्फ एनआरएन सानिया चन्दले उपाधि उचालिन् । चन्दले कैलालीकी एलिना सुनारलाई फाइनलमा २१–१८ र २२–२० ले हराउँदै उपाधि हात पारेकी हुन् । यस विधामा विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पाएका छन् । 

यसैगरी, पुरुष यू–१७ को फाइनलमा सेनाका डेभिड थापा मगरले क्षितिज खनालमाथि १७–२१, २१–१६ र २४–२२ को कठिन जित निकाले । महिलातर्फको यू–१७ को उपाधि भिडन्तमा सेनाकी रसिला महर्जनले सेनाकै प्रार्थना देउवालाई २१–१८ र २१–८ ले पराजित गरिन् । मास्टर्स ४५ वर्षमाथिको खेलमा कास्कीका विशाल हेराचन र शम्भुकुमार श्रेष्ठको जोडी पहिलो भयो । 

ad
ad