१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १५:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

टी-२० विश्वकप छनोट : फिलिपिन्समाथि नेपालको सानदार जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:५४:oo

टी-२० विश्वकप क्रिकेट छनोटको खेलमा नेपालले फिलिपिन्समाथि सानदार जित निकालेको छ। शनिबार ओमानमा भएको खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै नेपाल टी-२० विश्वकप छनोट ग्लोबल क्वालिफायरको सेमिफाइनलनजिक पुगेको हो।

फिलिपिन्सले २१९ रनको लक्ष्य पछ्याएको थियो। नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय १८ रन बनायो। जवाफमा फिलिपिन्स आठ विकेट गुमाउँदै ८२ रन मा रोकियो। कुशल भुर्तेलले सर्वाधिक १०४ रन बनाउँदै शतकीय पारी खेले। दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाए।

कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए। जितेन्द्र मुखिया, गुल्सन झा,अभिनाश बोहोरा,कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए। यसअघि नेपालले नेपालले ओमानमाथि ३९ रनको जित हासिल गरेको थियो।


 
 

ad
ad