१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बुढीगण्डकी आयोजनाको इकाइ प्रमुख नहुँदा डुबान क्षेत्रको घरगोठको मुआब्जा निर्धारणमा अन्याेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:४९:oo

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना वातावरण मुआब्जा पुनर्वास तथा पुनर्स्थापना इकाइ प्रमुखविहीन हुँदा मुआब्जा निर्धारण अन्याेल भएको छ । यसअघिका इकाइ प्रमुख कृष्णबहादुर कार्कीलाई सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सिइओ नियुक्त गरेपछि इकाइ कार्यालय प्रमुखविहीन बनेको छ ।

बूढीगण्डकी आयोजनाले डुबान क्षेत्रका घरगोठ, बोटबिरुवा, फलफूलको मुआब्जा काम अन्तिम चरणमा पुर्‍याएको छ । तर, इकाइ प्रमुख नहुँदा मुआब्जा निर्धारण हुन नसकेको हो । यसअघि फागनु दोस्रो हप्तामा मुआब्जा निर्धारण गरी वितरण सुरु गर्ने बताइएको थियो । तर, मुआब्जा फागुन दोस्रो हप्तासम्म तोक्ने भनिए पनि इकाइ प्रमुखको सरुवा भएको र आयोजना प्रमुख को आउने निश्चित नहुँदा समस्या भएको गोरखाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । 

घरगोठ, बोटबिरुवाको मुआब्जा निर्धारणका बारेमा गोरखा र धादिङको छलफल सकेकै दिन कार्कीलाई नेप्सेमा लैजाने सरकारले निर्णय गरेको थियो । कार्की सो इकाइ कार्यालय स्थापना भएदेखि केही दिनअघिसम्म कार्यरत थिए । उनी घरगोठ बोटबिरुवाको मुआब्जा चालू वर्ष विनियोजित बजेटबाट बाँड्ने तयारीमा थिए । तर, कार्कीको सरुवा भएपछि अर्को आयोजना प्रमुख नियुक्त हुन नसक्दा मुआब्जा निर्धारणसम्बन्धी बैठक हुन नसकेको प्रजिअ आचार्यले बताए । नयाँ इकाइ प्रमुख आएमा मुआब्जा निर्धारण प्रक्रिया अगाडि बढ्ने बताइएको छ । 

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मुआब्जा निर्धारण गर्दा ह्रासकट्टी नगर्ने निर्णयले थप सजिलो भएको बताउँदै भने, ‘भूकम्पमा दुई लाख सरकारले दिएर बनेका घरको मुआब्जा दिँदा पहिलो दिएको रकम कट्टा गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय आएको छैन ।’ मुआब्जा निर्धारण र वितरण गर्दा यो निर्णय पनि ऊर्जा मन्त्रालयबाट आउनुपर्ने उनले बताए । इकाइ प्रमुख नहुँदा आयोजनाको कुनै पनि कार्य अघि बढ्न नसकेको आयोजना कार्यालयका इन्जिनियर रितेश रावलले जानकारी दिए । 

ad
ad