१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
अहमदाबालको सिभिल अस्पतालमा विस्फोट भएपछि निरीक्षण गर्दै प्रहरी। तस्बिर : इन्डियन एक्सप्रेस
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अहमदाबाद बम विस्फोटका दोषी ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कारावास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५९:oo

अहमदाबाद बम विस्फोट घटनाका दोषी ३८ जनालाई भारतमा फाँसीको सजायँ सुनाइएको छ। १४ वर्ष अघि भएको शृंखलाबद्ध बम विस्फोटमा संलग्न ३८ जनालाई विशेष अदालतले फाँसी र ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको इन्डियन एक्सप्रेसले जनाएको छ। भारतीय दण्डसंहिताको  धारा ३०२ को प्रावधानअनुसार ४९ दोषीमध्ये ३८ जनालाई उक्त सजाय सुनाइएको हो। 

विशेष न्यायाधीश एआर पटेलले फैसला सुनाउँदै विस्फोटमा मारिएका परिवारलाई एक लाख रुपैयाँ सहयोग दिन पनि आदेश दिएका छन्। घटनामा गम्भीर रूपमा घाइते भएकाहरूलाई ५० हजार र बालबालिकालाई २५ हजार दिन भनिएको छ।

हातहतियार ऐनअन्तर्गत दोषी ठहरिएका र मृत्युदण्डको सजाय तोकिएका उस्मान अगरबत्तीवालालाई आर्म्स एक्टअनुसार एक वर्षको कैद सजाय पनि तोकिएको छ। २६ जुलाई २००८ मा अहमदाबादमा भएको बम विस्फोट घटनाका ७८ जना आरोपी थिए। ७८ आरोपीमध्ये विशेष न्यायाधीशले ४९ जनालाई भारतीय दण्डसंहिताका विभिन्न प्रावधानअनुसार दोषी ठहर गरेका थिए।

अहमदाबादमा राज्य सरकारद्वारा सञ्चालित सिभिल अस्पताल, अहमदाबाद म्युनिसिपल कर्पोरेसनद्वारा सञ्चालित एलजी अस्पताललगायतका ठाउँमा  शृंखलाबद्ध २२ वटा बम विस्फोट भएका थिए। जसमा ५६ जनाले ज्यान गुमाएका थिए। आतंकवादीहरूले २४ वटा बम राखेको भए पनि दुईवटा बम विस्फोट भएका थिएनन्। घटनामा दुई सयजनाभन्दा बढी घाइते भएका थिए। सञ्चारमाध्यमहरूलाई इमेल गर्दै इन्डियन मुजाहिदीन (आइएम)ले विस्फोटको जिम्मेवारी लिएको थियो।