१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

झन्डै एक करोडबराबरका अवैध सामान बरामद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४o:oo

बुटवलमा प्रहरी तथा राजस्वको टोलीले झन्डै एक करोडबराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अवैध गोदामबाट रु.८६ लाख आठ हजार ६ सय रुपैयाँबराबरको अवैध जुत्ता, चप्पल बरामद गरिएको हो।

बरामद सामान आवश्यक  कारबाहीका लागि पिकअप गाडी र दुईजना व्यक्तिलाई सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ। जिप्रका रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलका अनुसार जिप्रकाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो करिब साढे १२ बजे बुटवल १ तिनाउपुलस्थित पिकअप सवारीसाधनबाट र बुटवल ५ स्थित गोदामबाट गरी सो रकमबराबरको सामान बरामद गरेको हो। 

तिनाउ पुलस्थित चालक सैनामैना २ का कृष्ण थापाले चलाई ल्याएको लु.१ज.३१६७ नं. को पिकअप सवारीसाधनलाइ चेकजाच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १२ लाखबराबरको सामान बरामद भएको थियो। त्यहाँबाट जुत्ता १८८ जोर र थान कपडा १२९६ मिटर बरामद गरी चालक र पिकअपमा सवार सैनामैना २ का तुलसी थारूलाई सवारीसाधन र बरामद सामानसहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार अवैध सामान भण्डारण गर्ने गरिएको अवैध गोदामलाई पहिचान गरी छापासमेत मारिएको छ। प्रनाउ पौडेलका अनुसार बुटवल उपमहानगरपालिका वडा नं.५ विकासपथमा रहेको गोदाममा जिप्रकाको प्रहरी टोली र राजस्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको टोलीले संयुक्त छापा मारेको थियो।

छापा मार्दा उक्त गोदामभित्र राखिएका ६ हजार एक सय ३४ जोर ३१ कार्टुन विभिन्न किसिमका जेन्स तथा लेडिज जुत्ता, पाँच हजार दुई सय ५० जोर विभिन्न किसिमका जेन्स तथा लेडिज चप्पल र तीन सय २५ जोर सेन्डिल बरामद गरिएको थियो।

ती सामान अवैध रहेको र ७४ लाख आठ हजार ६ सयबराबरको रहेको प्रहरीको भनाइ छ। बरामद गरिएका विभिन्न किसिमका जुत्ता, चप्पल र सेन्डिल राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको छ। 

ad
ad