१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ६ शुक्रबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ६ शुक्रबार o९:३७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

५३ प्रकारका निर्वाचन सामग्री किनिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ६ शुक्रबार o९:३७:oo

निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ५३ प्रकारका निर्वाचन सामग्री किन्ने प्रक्रिया अगाडि बढाएको छ । आयोगले मतपत्रका लागि कागजलगायतका निर्वाचन सामग्री किन्ने निर्णय गरी प्रक्रिया अगाडि बढाएको हो । 

आयोगले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरी ई–बिडिङका माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । ‘मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरी ई–बिडिङको माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाइएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘साथै, मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीको स्पेसिफिकेसन आयोगबाट स्वीकृत भएको छ ।’ 

आयोगले निर्वाचनका लागि आर्थिक कार्यविधि सञ्चालन गर्न स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि, २०७८ तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको जनाएको छ । साथै, निर्वाचनमा जनशक्ति व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ । आयोगका प्रवक्ता शालिकराम शर्माका अनुसार उक्त निर्देशिकामा ‘सम्बन्धित पालिकास्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरी निर्वाचनलाई मितव्ययी बनाउन प्रयास गरिएको छ ।’