१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o७:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जबर्जस्ती गरे सरकारबाट बाहिरिने माओवादी निर्णय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:१४:oo

सत्तारुढ दल माओवादी केन्द्रले सत्तागठबन्धनमा रहेका दलहरूबीच सहमति नजुटाई प्रधानमन्त्री शेरबहादुर देउवाले एकतर्फी रूपमा एमसिसी अगाडि बढाउन खोजे गठबन्धन तोडिने र आफू सरकारबाट बाहिरिन सक्ने संकेत गरेको छ । प्रचण्डले यसअघि नै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सम्भावित सबै विकल्पका लागि तयार रहन निर्देशन दिइसकेका छन् । 

‘कांग्रेसले पेलेर नै जाने र कुनै हालतमा एमसिसी टेबल गर्ने स्थिति बनायो भने माओवादी केन्द्र संसदभित्रै बस्ने र प्रतिवाद गर्ने हुन्छ,’ प्रचण्डले बैठकमा राखेको विषय उद्धृत गर्दै एक सांसदले भने, ‘त्यस्तो अवस्थामा सरकार छोड्ने नीति हुन्छ र यसविरुद्ध संसदमा संघर्ष हुन्छ ।’

सिंहदरबारमा बसेको माओवादी केन्द्र पार्टी संसदीय दलको बैठकले एमसिसी जबर्जस्ती अघि बढे पार्टीले सरकार छाडेर सदन र सडकमा संघर्ष गर्ने विकल्प रोज्नुपर्ने निष्कर्ष निकालेको छ । बैठकमा बोल्ने माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र अन्य सांसदले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने धारणा राखेका थिए । एमसिसीको मुद्दामा सर्वदलीय छलफल गरी राष्ट्रिय सहमति कायम गरेर मात्र अघि बढ्नुपर्ने माओवादीको निष्कर्ष छ । 

बैठकको सुरुमा प्रमुख सचेतक देव गुरुङले एमसिसीमा भइरहेको पछिल्लो घटनाक्रमबारे जानकारी गराएका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले यथास्थितिमै एमसिसी कुनै हालतमा स्वीकार नगर्ने र सम्भावित सबै कदमका लागि तयार रहन निर्देशन दिएका थिए । बैठकमा प्रचण्डले अवरुद्ध संसद् खोल्नुपर्ने र त्यसका लागि प्रमुख प्रतिपक्षी एमालेसँग पनि छलफल गर्ने बताएका थिए ।

अवरुद्ध संसद् खोलिसकेपछि राष्ट्रिय सहमति जुटाउन सकियो भने मात्रै एमसिसी संसद्मा पेस गर्नुपर्ने प्रचण्डको भनाइ थियो । ‘कांग्रेसले पेलेर नै जाने र कुनै हालतमा एमसिसी टेबल गर्ने स्थिति बनायो भने माओवादी केन्द्र संसदभित्रै बस्ने र प्रतिवाद गर्ने हुन्छ,’ प्रचण्डले बैठकमा राखेको विषय उद्धृत गर्दै एक सांसदले भने, ‘त्यस्तो अवस्थामा सरकार छोड्ने नीति हुन्छ र यसविरुद्ध संसदमा संघर्ष हुन्छ ।’ सांसदहरूको धारणा सुनेपछि अध्यक्ष प्रचण्डले ‘यति हुँदा पनि जबर्जस्ती हुन्छ भने स्वतः गठबन्धन टुट्छ र हामी सरकारबाट बाहिरिएर सडकमा आउन तयार हुनुपर्छ’ भनेर बैठक टुंग्याएका थिए ।

सांसदहरूले गठबन्धन र सरकारभन्दा राष्ट्रियताको विषय प्रमुख हुने बताएका थिए । बैठकमा अमृता थापा, कमला रोका, मातृका यादव, रेखा शर्मा, यशोदा गुरुङ र राम कार्कीलगायतले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा बोल्ने अधिकांशले एमसिसीको विषयमा पार्टीको महाधिवेशनले पारित गरेको लाइनलाई छोड्न नहुने धारणा राखेका थिए । 

एमसिसी प्रस्ताव मुख्य गरी राष्ट्रिय सहमतिविना टेबल नगर्ने, भइहाले संशोधन र परिमार्जनविना पारित नगर्ने र त्यसका लागि सबभन्दा पहिले अवरुद्ध संसद् सुचारु हुनुपर्ने धारणा सांसदहरूले राखेका थिए । कम्तीमा सरकारमा रहेका दलहरूबीच सहमति हुनुपर्ने निष्कर्षसहित बैठकबाट निस्केका प्रमुख सचेतक गुरुङले ‘एमसिसी जबर्जस्ती लिएर आए माओवादीले विपक्षमा मतदान गर्ने’ बताएका थिए । संसदीय दलको बैठकपछि प्रमुख सचेतक गुरुङ कार्यव्यवस्था समितिको बैठकमा र अध्यक्ष प्रचण्ड बालुवाटार प्रधानमन्त्रीलाई भेट्न गएका थिए । हलबाट बाहिरिँदै गर्दा प्रचण्डले ‘आफू प्रधानमन्त्रीलाई भेटेर यस विषयमा कुरा राख्ने र जसरी पनि अघि बढ्छु भन्नुभयो भने आजै सरकारबाट बाहिरिने’ बताएका थिए । उनले जे–जे गर्नुपर्छ संसद्मा नै गएर गरौँला भन्दै सबैलाई तयार रहनसमेत निर्देशन दिएका थिए ।

ad
ad