१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार २o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २o:२७:oo

पश्चिम दाङमा धारिलो हतियारले आफ्नै बुबाको घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका– ३, बेलडाँडानिवासी १९ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । 

मगरले बुबा ६३ वर्षीय कर्णबहादुर बुढालाई बुधबार दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखिएको प्रवक्ता रिजालले बताए । 

यसअघि बाबुछोराबीच पटक–पटक झगडा हुने गरेको स्थानीयवासीले प्रहरीलाई बताएका छन् । के कारणले बुवाको हत्या गरेको हो भन्ने बारेमा केही नखुलेको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस

ad
ad