१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १९:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारले पूरा गर्‍याे स्थापनाकाे चार वर्ष

चौथो वार्षिकोत्सवसँगै चार वर्षका मुख्य उपलब्धिहरु सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:o५:oo

आफ्नो स्थापनाको चार वर्ष पार गर्दै गण्डकी प्रदेश सरकार बुधबारदेखि पाँचौँ वर्षमा प्रवेश गरेको छ। नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनपछि ४ फागुन ०७४ मा प्रदेशका तत्कालीन मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएको दिनलाई प्रदेश सरकारले वार्षिकोत्सव तथा स्थापना दिवसको रूपमा मनाउँदै आएको छ । सोही दिनको अवसर पारी बुधबार प्रदेशले आफ्नो चौथो वार्षिकोत्सव मनाएको हो । 

कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्री, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सरकारका ४ वर्षे उपलब्धि समेटेर तयार पारिएको पुस्तक विमोचन, सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदानसँगै पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गरिएको थियो ।

यस्ता छन् सार्वजनिक गरिएका चार वर्षका मुख्य उपलब्धिहरू
स्थापनाको चारवर्षे कार्यकालमा प्रदेशमा दुई सरकार बनेका छन् । प्रदेशको राजधानी र नाम तोक्ने, पञ्चवर्षीय योजनाको आधारपत्र तयार, गण्डकी विश्वविद्यालयसँगै प्रदेश लोकसेवा आयोग गठनसँगै कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ । ५० वटा कानुन पारितलगायतलाई प्रदेशले मुख्य उपलब्धिका रूपमा लिएको छ ।  

त्यसैगरी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको, मनाङ र मुस्ताङ जिल्ला कोभिड–१९ विरुद्ध पूर्ण खोपयुक्त जिल्ला भएको, उत्पादकत्व बढाउन जग्गाको चक्लाबन्दी कार्यअन्तर्गत ८ जिल्लाका २५ स्थानमा तीन हजार ९ सय ६७ रोपनी जमिन चक्लाबन्दी गरिएको, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन, वन्यजन्तु उद्धार, उपचार र व्यवस्थापनका लागि वन्यजन्तु एम्बुलेन्सको व्यवस्था, एक स्थानीय तह, एक उद्योगग्रामका लागि पूर्वाधार विकास तथा निर्माण, १० जिल्लाका ४१ वटा सार्वजनिक तथा सामुदायिक पुस्तकालय व्यवस्थापनलगायतका कामलाई प्रदेशले  उपलब्धिका रूपमा लिएको छ ।

गण्डकी रत्नसहित ३६ कर्मचारी पुरस्कृत                                              

कार्यक्रममा प्रदेश सरकारले यसवर्ष स्थापना गरेको गण्डकी रत्नबाट म्याग्दीका महावीर पुनलाई सम्मान गर्ने घोषणा गरेको छ । यसैगरी सर्वोत्कृष्ट प्रदेश निजामती पुरस्कारबाट भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ, उत्कृष्ट प्रदेश निजामती पुरस्कार मुख्यमन्त्री कार्यालयका उपसचिव रामेश्वर अर्याल र उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई प्रेमप्रसाद लुइँटेललाई प्रदान गर्ने घोषणा गरेको छ । यसैगरी प्रदेश निजामती पुरस्कार १७ र प्रोत्साहन पुरस्कार पाउने १६ जना कर्मचारीहरूको नाम सार्वजनिक गरिएको छ । 
 

ad
ad