१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार २२:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

युएनकाे इन्जिनियर हुँ भनि ठगी गर्ने एकजना पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार २२:२८:oo

युएनको इन्जिनियर र राष्ट्र बैकको कर्मचारी हँु भन्दै विभिन्न व्यक्तिहरुलाई जागरि लगाईदिने नाममा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला डोटी सायल गाँउपालिका वडा नम्वर २ बस्ने वर्ष २६ का दिनेश सिंह रहेका छन् ।

सिंहले सवारी चालकको रुपमा जागिर लगाई दिन्छु भनी ठगी गरेर फरार भएपछि उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेसगै खोजी कार्य सुरु भएको थियो । खोजीका क्रममा कास्की प्रहरीले बुटवल प्रहरीको सहयोगमा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्वर ९ मिलनचोकबाट उनलाई पक्राउ गरेको हो । सिंहलाई मंगलबार एक कार्यक्रम गरि कास्की प्रहरीले सार्वजनिक गरेको थियो । कास्की सगै उनले चितवन, मकवानपुर लगायतका जिल्लामा समेत सोही कार्यविधिबाट ठगी गरेको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

उनीविरुद्ध हालसम्म ५२ पुरुष र २२ महिलाले निवेदन दिएका, निवेदन पश्चात आठ बटाको अनुसन्धान पुर्ण भएको, ६५ निवेदनको अनुसन्धान भईरहेको र एक निवेदन उपर मुद्दा दर्ता भएर कारवाही भएको तिवारीले जानकारी दिए । पक्राउ परेका सिंहको साथबाट प्रहरीले ल्याप्टप, मोवाईल, ६७ हजार नगद, नेपाल राष्ट्र बैक लेखेको कार्ड होल्डर  १० थान, पहँेलो सुनको जस्तो देखिने सिक्री र औँठी, सिम कार्ड ५ थान, विभिन्न व्यक्तिहरुको नागरिकताको प्रतिलिपि तथा ठगी गर्ने प्रयोजनार्थ बनाएका विभिन्न कागजातहरु समेत बरामद गरेको छ ।

ठग्ने क्रममा उनले ठगिने व्यक्तिलाई नै सिम कार्ड निकाल्न लगाउने गरेको, पीडितहरुलाई विश्वास दिलाउन बिभिन्न व्यक्तिहरूलाई फोन गरेको जस्तो बहाना गरी युएनका गतिविधि तथा मिटिङको बारेमा फोनमा एक्लै कुरा गर्ने गरेको, पीडितको बैंक खाता खोल्ने लगायतका कार्यमा सहयोग गर्ने, पीडितहरूलाई कपडा, जुत्ता किनिदिने, बस्ने, खाने व्यवस्था मिलाइदिने र आर्थिक कारोबार सकिए पछि मोबाईल र सिम कार्ड डिस्पोज गरिदिने, यात्रा गर्दा पीडितको नागरिकताको नाममा रजिष्ट्रेशन गर्ने गरेको प्रारम्भीक अनुसनधान पछि खुलेको तिवारीले बताए ।

उनले कास्कीका बिनोद बि.क.लाई नियुक्तिको लागि बुटवल जानुपर्ने भन्दै चारलाख, होम बहादुर नेपालीबाट तीन लाख, बुद्धि प्रसाद अधिकारीबाट तीन लाख ५० हजार, स्याङ्जा घर भै पोखरा बस्ने युके गुरुङबाट ६ लाख, युवराज पौडेलबाट पाँच लाख ९० हजार ठगी गरेका थिए ।  पक्राउ सिंहलाई प्रहरीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरमा अनुसन्धान प्रकृया अगाडी बढाएको जनाएको छ ।
 

ad
ad