१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनीमा ५७ जना विभूषित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:४९:oo

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ५७ जनालाई विभूषित गरेको छ। मंगलबार प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आयोजित कार्यक्रममा विभिन्न १० विधाका पदकबाट ५७ जनालाई विभूषित गरिएको हो। परिवर्तन र गणतन्त्र प्राप्तिमा योगदान पुर्याएको भन्दै प्रदेश प्रमुख अमिक शेरचनले पदकसहित उनीहरूलाई विभूषित गरेका हुन्।

प्रदेश प्रमुख जनसेवा पदक ‘क’ अर्घाखाँचीका राजु नेपाली भनी चिनिने भक्तिप्रसाद आचार्यलाई प्रदान गरिएको छ। नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौँपटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी उनलाई पदक प्रदान गरिएको हो। 

यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ कपिलवस्तुका रामवरण यादवलाई प्रदान गरिएको छ । सोही पदक रुकुम पूर्वका प्रेम मल्ल र दिलमाया बिएमलाई प्रदान गरिएको छ। दुवैजनाले जनयुद्धका क्रममा शहादत प्राप्त गरेका थिए। यस्तै, प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ चारजनालाई प्रदान गरिएको छ। जसमा बाँकेका माताप्रसाद कुर्मी, गुलजार खान र रोल्पाकी लली रोका (तीनैजना सहिद) तथा बर्दियाकी निर्मला योगी (बेपत्ता) छन्।

मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ गुल्मीका कर्णबहादुर क्षेत्री, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ख’ दाङका वासुदेव गौतम र रोल्पाकी तेजकुमारी ओली तथा मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बर्दियाका टीकाराम थारूलाई दिइएको छ। प्रदेश सेवा समर्पण क राजेन्द्र थापा तथा प्रदेश सेवा समर्पण ख १५ जनालाई र प्रदेश सेवा समर्पण ग २ जनालाई प्रदान गरिएको छ।

यसैगरी, उजिरसिंह दीप पदक ख ४ जनालाई, उजिरसिंह दीप पदक ‘ग’ २ जनालाई, समाजसेवा श्री पदक ‘क’ १ जनालाई, समाजसेवा श्री पदक ‘ख’ ८ जनालाई,  समाजसेवा श्री पदक ‘ग’ २ जनालाई, प्रदेश रत्न पदक ‘ख’ १ जनालाई, प्रदेश रत्न पदक ग २ जनालाई, पुथाश्री शिखर पदक ग १ जनालाई, प्रदेश प्रज्ञा पदक ख २ जनालाई प्रदान  गरिएको छ। प्रजापति गौतमी पदक ‘ख’ १ जनालाई, प्रजापति गौतमी पदक ‘ग’ २ जनालाई, दंगीशरण बलिहाङ पदक ‘ख’ १ जनालाई र दंगीशरण बलिहाङ पदक ‘ग’ १ जनालाई प्रदान गरिएको छ। 

स्थापना दिवसका अवसरमा  सरकारका चार वर्षका प्रगति समेटिएको स्मारिका र प्रदेशको वृत्तचित्र प्रदर्शन गरिएको छ। साथै प्रदेशको पहिचान झल्किने झाँकीहरूसमेत प्रस्तुत गरिएको थियो।

ad
ad