१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार २o:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्छ : मन्त्री झाँक्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:o७:oo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी छिन् । सोमबार ललितपुरमा आयोजित नगर विकास कोषको ३४औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी हुन् ।  

‘विकास र आयोजनासँग राजनीतिक व्यक्ति प्रत्यक्ष रूपले आफ्नो हिरोइजमका लागि जोडिने परिपाटी अन्त्य नगर्दासम्म, प्राथमिकतामा आयोजनाहरू नबनाउँदासम्म, असीमित आवश्यकताहरूलाई सीमित साधन र स्रोतले पूरा गर्ने परिपाटीमा हामीले केही न केही कमिटमेन्ट नगरेसम्म यस्तै गिजोलिने राजनीति र हरेकपटक एउटा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुसी बनाउनुपर्ने अवस्था हुँदासम्म हामी सही बाटो हिँडेको हुँदैन,’ मन्त्री झाँक्रीले भनिन्, ‘चाहे संघीयता हाेस्, चाहे वित्तीय हस्तान्तरण गरौँ । चाहे सरकार दिउँ, चाहे हरेक कुरा गरौँ । यो हुन सक्ने काम हुँदै होइन ।’

मन्त्री झाँक्रीले स्थानीय तहमा भइरहेको वित्तीय हस्तान्तरणको तालमेल मिले नमिलेको सम्बन्धमा बहस हुन आवश्यक रहेको बताइन् । उनले स्थानीय तहलाई पर्याप्त रूपमा वित्तीय हस्तान्तरण भएको उल्लेख गर्दै गाउँपालिका र नगरपालिकाहरूले आफैँलाई सरकारको रूपमा अभ्यास गरिरहेको पनि बताइन् ।

मन्त्री झाँक्रीले आयोजना बाँडेर चुनाव जित्छु भन्ने मानसिकता त्याग्नुपर्ने बताइन् । आयोजनाहरू स्वचालित ढंगले छनाेट हुने तथा आवश्यकता र प्राथमिकीकरणको आधारमा गर्ने प्रणालीको स्थापना गर्नु जरुरी रहेको उनको भनाइ थियो । 

ad
ad