१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिगमनकारीले गठबन्धन भत्काउने षडयन्त्र गर्दै छन् : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:१३:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारी शक्तिले पाँचदलीय सत्तागठबन्धन भत्काउने प्रयास गरिरहेको बताएका छन्। आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विश्वमा क्रान्तिपछि प्रतिक्रान्तिको शृंखला चलेको बताउँदै प्रतिगमनको विरुद्ध बनेको सत्तागठबन्धनलाई भत्काउने षड्यन्त्र भइरहेको बताएका हुन् । 

संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि पाँचदलीय गठबन्धन बनाएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘सत्तागठबन्धन कुनै परियोजनाका लागि बनेको थिएन । तर, सुरुकै दिनदेखि प्रतिगमनकारीहरूले गठबन्धन भत्काउन षड्यन्त्र नै गर्दै आएका छन् । हिजो शान्ति सम्झौता, १२ बुँदे समझदारी, संविधान मन नपराउने देशी विदेशी शक्ति र मानिसहरू गठबन्धन भत्काएर उपलब्धिलाई उल्ट्याउन लागि परेका छन् ।’

अध्यक्ष प्रचण्डले प्रतिगामी शक्तिलाई परास्त गर्नका लागि पनि अहिले गठबन्धनको महत्व झन् बढेको  बताए । अहिलेको अवस्थामा पुनः देशभरिका उत्पीडित वर्ग, जाति, क्षेत्रका जनता, परिवर्तनका शक्तिहरू एक हुनु आवश्यक रहेको पनि उनले बताए ।