१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
मेचीनगर–१४ स्थित दुहागढीको चाउचाउ उद्योगमा भएको आगलागी । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o९:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१० महिनाको अवधिमा झापामा तीन ठूला उद्योगमा आगलागी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o९:१८:oo

जुत्ता उद्योगमा आगलागी भएको दुई साता नबित्दै शनिबार मेचीनगर नगरपालिकास्थित मगमग चाउचाउ उद्योगमा आगजनी, एक अर्ब बढीको क्षति

झापाको मेचीनगरस्थित काँकडभिट्टामा जुत्ता उद्योगमा आगलागी भएको ९ दिनमा फेरि अर्को ठूलो उद्योगमा आगलागी भएको छ । मेचीनगर–१४ स्थित दुहागढीमा मगमग चाउचाउ उद्योगमा आगलागी भएको हो । 

शनिबार बिहान साढे ४ बजेबाट सुरु भएको आगो १३ घन्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । प्रहरीले विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरेको छ । 

अजय अग्रवाल, सञ्चालक, मगमग चाउचाउ उद्योग

सुरुमै एक अर्ब लगानी थियो । पछि पनि थपेका थियौँ । प्राविधिक जाँच नगरी यकिन भन्न सकिँदैन । त्यसैले एक अर्बभन्दा बढीको क्षति भयो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलामका १५ वटा दमकल प्रयोग भएको थियो । काँकडभिट्टामा आगलागी हुँदा सहयोग गर्न भारतको पश्चिम बंगालबाट पनि दमकल आएको थियो । यसपटक पनि भारतसँग दमकल पठाइदिन आग्रह गरिए पनि सीमाबाट सात किलोमिटर टाढा भएका कारण नआएको उनले बताए । 

यो चाउचाउ उद्योग झापामा एक मात्र चाउचाउ उद्योग रहेको सञ्चालक अजय अग्रवालले बताए । चाउचाउ उद्योगमा लागेको आगो नियन्त्रण गर्न लामो समय लागेकाले क्षतिको विवरण अझै यकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक पाठकले बताए । ‘सञ्चालकहरूले प्राविधिक जाँच नगरी क्षति कति भयो भन्न सकिँदैन भन्नुभएको छ,’ उनले भने, ‘अनुमानका भरमा क्षतिको विवरण भन्न सकिँदैन ।’ 

सञ्चालक अग्रवालले उद्योगमा एक अर्ब बढीको लगानी भएको बताए । उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको उनको दाबी छ । ‘सुरुमै एक अर्ब लगानी थियो । पछि पनि थपेका थियौँ । प्राविधिक जाँच नगरी यकिन भन्न सकिँदैन । त्यसैले एक अर्बभन्दा बढीको क्षति भयो,’ उनले भने । 

तीन वर्षअघिबाट उत्पादन सुरु भएको मगमग चाउचाउ दैनिक १५ हजार कार्टुन उत्पादन हुँदै आएको अग्रवालले बताए । ‘दैनिक १२ घन्टा उत्पादन हुन्थ्यो । बजारमा निकै खोजिने चाउचाउ पनि हो । छोटो समयमा निकै राइज भएको थियो,’ उनले नयाँ पत्रिकासँग भने, ‘उत्पादनको आधा त भारतको पश्चिम बंगालमा निर्यात हुन्थ्यो । भारतमा पनि व्यापार राम्रो थियो ।’

एक अर्बभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान
मेचीनगरमा रहेका ठूला उद्योगमा धमाधम आगलागीका घटना भइरहेका छन् । पछिल्लो ११ महिनामा मात्र मेचीनगरका तीन ठूला उद्योगमा आगलागी भएको हो । तीनवटै उद्योगमा लागेको आगोका कारण विद्युत् सर्टलाई देखाइएको छ । स्थानीय प्रशासनले सूक्ष्म ढंगले आगलागीका कारण  अनुसन्धान गरेको पाइँदैन । 

२० माघमा मेचीनगर–६ काँकडभिट्टाको एसएस फुटवेयरमा आगलागी भएको थियो । जुत्ता उद्योगमा आगलागी हुँदा साढे नौ करोडको क्षति भएको थियो । एसएस फुटवेयर पूर्वकै ठूलो जुत्ता उद्योग हो । विद्युत् सर्ट भएर आगोलागेको प्रहरीले जनाएको छ । 

यसअघि २० वैशाख ०७८ मा मेचीनगरको एक ठूलो उद्योगमा आगलागी भएको थियो । मेचीनगर–१५ ज्यामिरगढीको पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा आगलागी भएको थियो । सो उद्योगमा आगलागी हुँदा १५ करोड रुपैयाँ राबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यसमा पनि विद्युत् सर्ट भएरै आगो लागेको निचोड निकालिएको थियो । 

ad
ad