१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १७:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार

सस्तो लोकप्रियताका लागि एमसिसीका नाममा राजनीति भइरहेको छ : कांग्रेस नेता कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:११:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सस्तो लोकप्रियताका लागि एमसिसीलाई विभिन्न रङ दिएर राजनीति भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफ्नो धारणा राख्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

अहिले विश्वले नै कौतुहलतापूर्वक हेरिरहेको नेपाल सरकार तथा संसद्को परीक्षणको विषय बनेको बहुचर्चित अमेरिकी सहयोग एमसिसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सीमित नरहेको बताउँदै कोइरालाले भने, ‘यो विषय निकैमाथि उठिसक्यो । यसप्रति हामी निकै गम्भीर बन्नुपर्ने परिस्थिति छ । यो परियोजनासँगै हाम्रो कूटनीतिक कौशलता र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने मलाई लाग्दछ । नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो भन्ने मेरो ठहर छ ।’

एमसिसीलाई सम्भव भए राजनीतिक दलहरूबीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्ने उनको धारणा छ। उनले भने, ‘यदि एमसिसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसद्को क्षमतामाथि नै गम्भीर प्रश्नहरू तेर्सिने देख्दै छु ।’ 
 

ad
ad