१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गोपाल किराँती निकालिए,  नयाँ अध्यक्षमा रायमाझी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:५९:oo

एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) ले अध्यक्ष गोपाल किराँतीलाई पार्टीबाट निष्कासन गरेको छ । एनेकपाको केन्द्रीय समिति बैठकले किराँतीलाई पार्टीबाट निष्कासन गरी आलोक रायमाझीलाई अध्यक्ष चयन गरेको विज्ञप्तिमा छ । किराँतीलाई कारबाही गर्दै ‘गद्दार’को संज्ञा दिइएको छ ।

तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकीकरण भई नेकपा बनेपछि किराँतीले माओवादी केन्द्र ब्युँताएका थिए । तर, गत वर्ष सर्वोच्च अदालतले नेकपा एकता खारेज गर्दै पुरानै पार्टीहरू ब्युँताइदिएपछि किराँती पार्टीविहीन थिए । त्यसपछि उनले पार्टीको नयाँ नाम एकीकृत नेपाल कम्युनिस्ट पार्टी राखेका थिए ।

ad
ad