१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:oo:oo

प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु  भएको छ ।  ६ जनाको घटनास्थलमा र २ जनाको विजुवार जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । 
 
नौ बहिनी गाउँपालिका वडा नं ६ को लुङबाट बेहुली लिएर गहुमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग१ज ५०९२ नम्बरको महेन्द्रा जिप गएराती करिब १:३० बजे साेही गाउँपालिकाकाे ओखरपाटामा  दुर्घटना भएको हाे । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । 

जिप राती दुर्घटनामा परेपनि प्रशासनमा शनिबार बिहान ५ बजे मात्रै खबर आएको प्रजिअ भुसालले बताए । दुर्घटनाको खबर पाउनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगी घाइतेको उद्वार गरेको थियो ।  

जिपमा सवार पाँच जना गम्भीर घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपमा १३ जना जन्ती सवार थिए । मृतकको अझै सनाखत हुन सकेको छैन । के कारणले जिप दुर्घटनामा परेको हो भन्ने पनि खुलेको छैन । गएराती यो ठाउँमा वर्षासँगै हिमपात पनि परेको थियो । 

ad
ad