१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘स्पष्ट अर्थनीति नहुँदा समस्या’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:४५:oo

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको स्पष्ट अर्थनीति नहुँदा अर्थतन्त्रमा समस्या देखापर्ने गरेको बताएका छन् । सरकारसँगै परिवर्तन हुने अर्थनीति र राजनीतिका कारण समस्याहरू देखिने गरेको उनको भनाइ छ । आइतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले भने, ‘संविधानबमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखापरेको छ ।’ विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको अभाव देखिरहेको भन्दै उनले यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेको औँल्याए । 

छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धराशायी भइनसकेको बताए । यद्यपि, थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाए । विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उनीहरूले सुझाब दिए । यस्तै, कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्नेलगायतका सुझाबसमेत विज्ञहरूले दिए ।

ad
ad