१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘अस्थायी रूपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं ल्याइने’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:४३:oo

सरकारले अस्थायी उपायको रूपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउने प्रक्रिया अघि बढाएको छ। आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीले पत्रकार सम्मेलन गरी त्यसका लागि आवश्यक प्रक्रिया पूरा गरी निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरिसकिएको जानकारी दिएका छन्।

मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई चुस्त र दुरुस्त गर्न मेलम्ची सवप्रोजेक्ट– २ अन्तर्गत हालै मात्र सय किलोमिटरको सर्ट रन टेस्ट सम्पन्न भएको र हालसम्म  तीन सय ५० किलोमिटरको सर्ट रन टेस्ट पूरा भई पानी सञ्चालनका लागि तयारी अवस्थामा रहेको उनले स्पष्ट परेका छन्।

त्यसैगरी खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया पनि अघि बढेको छ। आयोग गठनपछि समय सापेक्ष, वैज्ञानिक एवं व्यावहारिक महसुल दर निर्धारण हुने अपेक्षा आफूले राखेको मन्त्री चौधरीले बताए। त्यस्तै, राज्यको ठूलो लगानी भइसकेका र अलपत्र परेका आयोजनालाई पूर्णता दिन नीतिगत सुधारका लागि प्रक्रिया अगाडि बढाइएको पनि उनले जानकारी दिएका छन्।

 

ad
ad