१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

श्रम क्षेत्र व्यवस्थापन गर्न सरकार गम्भीर छ : मन्त्री श्रेष्ठ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:१७:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम क्षेत्रको व्यवस्थापन गर्न सरकार गम्भीर भएर लागिपरेको बताएका छन्। नेकपा (एकीकृत समाजवादी)निकट निजामती कर्मचारी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

मन्त्री श्रेष्ठले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीहरूको समस्या समाधान हुने गरी उनीहरूको सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि आफूले काम गरिरहेको बताए । उनले रोजगारदाता र श्रमिकहरूबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

‘कर्मचारी समायोजनबाट उत्पन्न समस्यालाई सरकारले समाधान गर्नका लागि तपाईहरूसँग हातेमालो गर्नेछ। त्यस्तै, संघीयतालाई प्रशासनिक रूपमा व्यवस्थापन गर्न सरकारले शीघ्र संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनलगायत अस्थायी, करार, ज्यालादारी कर्मचारीको समस्यालाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धताका लागि पनि मेरोतर्फबाट हाम्रो मन्त्रालय गम्भीर भएर लागिपरेको छ,’ उनले भने।

मन्त्री श्रेष्ठले कर्मचारीहरूको समायोजनपछि उत्पन्न समस्या समाधान गर्नेलगायतका कामका लागि सरकारले छिट्टै संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन ल्याउन लागेको जानकारी दिए।

 

ad
ad