मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 12 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशले बोलाएको न्यायसेवा आयोगको बैठक बस्नेमा अन्याेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o३:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायसेवा आयोगको बैठक बोलाएका छन्। जबराले जिल्ला न्यायाधीशको परीक्षाको नजिता प्रकाशनका लागि आयोगको बैठक बोलाएका हुन्।

आयोगका एक सदस्यका अनुसार जबराले प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशहरूको नतिजा प्रकाशन गरी अन्तर्वार्ता समिति गठन गर्न आज साढे १ बैठक बोलाएका हुन्। 

नेपाल बार एसोसिएसनले आन्दोलन सुरु गरेपछि भूमिकाविहीन अवस्थामा रहेका प्रधानन्यायाधीश जबराले ७ पुसमा बैठक आह्वान गरेका थिए। तर, आयोगका सदस्य रहेका लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी उपत्यकाबाहिर रहेका कारण आयोगको बैठक स्थगित भएको थियो। यसपटक पनि कानुनमन्त्री दिलेन्द्र बडू कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेकाले बैठक बस्नेमा अन्याेल रहेको ती सदस्यले नयाँ पत्रिकालाई बताए। 

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा सदस्यमा संघीय कानुन तथा न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता रहने व्यवस्था रहेको छ। न्यायसेवा आयोग ऐन, २०७३ मा अध्यक्ष र अन्य दुई सदस्य उपस्थित भएमा आयोगको बैठकका लागि गणपूरक संख्या पुगेको मानिने र आयोगको निर्णय बहुमतबाट हुने व्यवस्था छ।